लघुकथा: 'अबिरजात्रा'

 लघुकथा: 'अबिरजात्रा'

https://files.fm/f/5j8evcb9rz



✍️ ध्रुवराज थापा 'पुरूष'

(काभ्रेपनौती  हालकपनकाठमाडौँ )

  वीर ज्याकी...जिन्दावाद !  ज्याकीको दुस्मन... मूर्दावाद ! ! यो जित कस्को ?...ज्याकीको ! !! ज्याकी कस्को ? ... जनताको !!!!" 

चर्को चर्को आवाजमा नारा घन्किएको थियो  मोटर साईकल  गाडीको निकैलामो लाइन  मानिसका लावालस्करकाबिचमा एउटा गाडीमाथि ज्याकी दुवैहात हल्लाइ रहेको थियो   अबिर  मालाले छोपिएको थियो  


भन्सामा खाना बनाउदै गरेकी आमाले सोध्नुभयोछोरी बाहिर के को जुलुस होचुनाउ नै जितेजस्तो माईकको ठूलो ठूलोआवाज सुन्छु  ! चुनाउको माहोल  छैन आजभोली !"

झ्यालबाट त्यो परिदृष्य नियाली रहेकी छोरीले आमालाई भनिन् "आमा त्यो बलात्कारी हत्यारा ज्याकी डन थियो निहोत्यो छुटेछ ! सरकारले उसलाई आम माफी दिएछ ! उसैको अबिरजात्रा हो !"


छोरीको यति कुरा सुन्नासाथ आमा आँत्तिदै दौडिएर छोरीको कोठाममा आईन्झ्याल ढ्याम्म बन्द गरेर चुक्कुल लगाईन् छोरीलाई अँगालोमा बेरिन 

मिति२०८० असोज २२ गते

Comments

Popular posts from this blog

लघुकथा: 'संस्कार'

लघुकथा: 'महत्त्वाकाङ्क्षा'