लघुकथा: 'सङ्घर्ष'
लघुकथा: 'सङ्घर्ष'
✍️ ध्रुवराज थापा 'पुरूष'
(काभ्रे, पनौती । हाल: कपन, काठमाडौँ ।)
आज एक्कासी उसको र मेरो जम्काभेट भयो ! उ मलाई सुताउन चाहन्थ्यो !
'उसले भन्दैमा त्यति सजिलै मान्ने हो र म !' उसले मलाई ओछ्यनमा पुर्यायो तर म भने प्रतिवाद गर्दै छु !
उ भन्दै छ "धेरै भयो, बल्ल आज मौका परेको छ !तिमी चूपचाप सुत ! मलाई मेरो काम गर्न देउ !"
"के तैँले मलाई कमजोर ठानेको ? के मलाई अबला सम्झेको ? तैँले सकेको तँ गर ! मैले सकेँभने तँलाई ढाल्ने छु र तेरोपन्जाबाट मुक्ति पाउने छु !" मैले उसलाई जवाफ फर्काएँ ।
उ मसँग चिढियो ! हामीबिच सङ्घर्ष चलिरह्यो ।
यसपछि मैले आत्मबल बढाएँ, कन्चट, नाक र घाँटीमा भिक्स दलेँ, एउटा सिटामोल र एक गिलास तातो पानी खाएरसुतेँ !
मिति : २०८० फागुन १
( भाईरल रूघाले ग्रस्त पारेपछि)
Comments
Post a Comment