लघुकथा: यान्त्रिक मस्तिष्क

 लघुकथायान्त्रिक मस्तिष्क 

✍️ ध्रुवराज थापा 'पुरूष'

(काभ्रेपनौती  हालकपनकाठमाडौँ )


"आजभोली भटाभट सम्मान तथा पुरस्कार थाप्न थालेका छौ  भाई ! तिमीलाई  राम्रोसँग चिन्दछु। पहिले कक्षामात्यस्तो कुनै रचना सुनाएको अनि कार्यक्रममा भाग लिएको पनि थाहै छैन ।रातारात कसरी यो सहरमा चर्चितसाहित्यकार बन्नपुग्यौ भाई ?" चन्द्रमणीले सोधे।

"सर तपाईँ पो आफ्नै दिमाग खियाएर मौलिक रचना पस्कनु हुन्छ ! साहित्य आकाशमा ठूलो नाम   हामी युवा त्यतिधैर्य गर्न पनि सक्दैनौँ ।फेरि सरको जस्तो दिमाग पनि छैनरचना शून्य भन्दा पनि हुन्छ !" रियानले उत्तर दियो 

"त्यही  भनेको दिनकै एउटा रचना पोष्ट भएको देख्छु ! तिमीमा यस्तो अद्भूत क्षमता कहाँबाट आयो ? यसको राज के भाइ ?" चन्द्रमणीले जिज्ञासा राखे 

रियानले जवाफ फर्कायो, "सर जस्तो हो    यो प्रविधिको जमानामा सबै काम AI (Artificial intelligence) लाई गर्न लगाउँछु ! "

नोटआजभोली साहित्य सिर्जना कम्प्युटरमा Artificial intelligence ले गर्न थालेको प्रसङ्गमा रचना गरिएको 

Comments

Popular posts from this blog

लघुकथा: 'संस्कार'

लघुकथा: 'महत्त्वाकाङ्क्षा'