हाईकु

 हाईकु

धान दिवस
     १. 
धान दिवस
भाँडभैलाे भाे धेर
लाज बचाउ ।
      २. 
कस्काे संस्कृति ?
मनगढन्ते कला
याे बन्द गर ।
३७३. 
ती हुतिहारा
जिवनकाे परीक्षा
मृत्युको डर ।
३७४. 
हे अामा धन्य
तिम्राे कर्म, भाेगाई
गन्तव्य कता ?
३७५.
मानिस उस्ताे
सुनाउने पुराण
पशु काे भालु ?
३७६.
हाईकु मेला                                       
कप हेर्नेकाे भेला                                 
सबैपरे ट्वाँ !       
३७७.
लाग्ने दुलही
अन्माउने तयारी
हुलही दंग ।
३७८.
सकिन्न अब                                        
भाे अाफैं चेला/गुरू                        
कस्काे के लाग्छ ?
३७९.
असारे झरी
लाै बजेट पाेखियाे
त्याे बाटाेभरी ।
       *
हिलाेमा राेप्याै
सप्रेन नि कहिल्यै
असारे बजेट ।
       *
अा.व.काे अन्त्य
बजेट सक्ने खेल
हुन्छ है झेल ।
        *?
धेरै राेपियाे
हिलाेमा त्याे बजेट
फलेकाे खाेई ?
        *
झरीकाे याम
शुरू भाे सरकारी
बिकासे काम ।
३८०.
झण्डा गाडियाे
त्याे डण्डा लागाउने
कुदृष्टी त्याग ।
        *
झण्डाकाे मान
ती शिक्षक विद्यार्थी
ईज्जत् है राख्नु ।
         *
सम्मान गर 
ती झण्डाहरूकाे
बढ्छ त्याे साख ।
       *
गाडियाे झण्डा
लाै संरक्षण गराैं
सवै मिलेर ।
३८१.
राम्रा हाईकु
एडमिनले छान्दा
हाेला है राम्राे ।
३८२.
खुसी त्याे थियाे
कुरा त्यसै सेलायाे
फेरि छु खुसी ।
३८३. 
मुटुकाे चाेट                                     
कसरी देख्छ अाँखा ?                        
देख्छ त्याे अाँशु ।
३८४.
२४ घण्टामा
छत्तीस घण्टा काम
अामा हाे नाम
३८५.
यज्ञाेपवित
संस्कार परम्परा
रक्षाबन्धन ।
३८६.
चित्कार उस्तै
बिछाेडकाे त्यो  पिडा
सहुँ कसरी ?
३८७.
महिला वादी
नहेर्नु नि भन्छन
अाँखा चिम्लनु ।
३८८.
गरे काेशिष
असम्भव कहाँ छ ?
प्रयत्न गर ।
३८९.
बिराेध शैली
निकम्मा छन् ती नेता
बानी सुधार ।
३९०.
गधाकाे देश
गाईजात्राकाे मेला
तमासे हामी
३९१.
मानव साँढे
कसैलाई टेर्दैन
बुद्धि हराम ।
    ***
याे देश हाम्राे
साँढेकाे बिगबिगी 
भाे गाईजात्रा ।
३९२
धैर्य त गर्नुस्
प्रतिक्षाकाे त्याे फल
मिठाे पाे हुन्छ ।
३९३.
मिठाे सेकुवा 
न्यायकाे कठघरा
डाैडेर पुग्याे ।
     ***
न्यायले खायाे
सुनसंग सेकुवा
भयाे फुकुवा ।
३९४.
फुल हाै तिमी
चिहायाै याे संसार 
बस्याै दिलमा ।
३९५.
कृष्णजन्माष्टमी   
****
कथाका कृष्ण
एकादेशकाे भयाे
छाेराे पाे कृष्ण
        *
बिकृति भित्र्याे
देवताकाे भेषमा
संकृति मास्ने
        *
ती साेह्रसय
गाेपिनी नचाउँछ
कृष्ण बनाए ।
        *
३९६.
छैन अन्दाज
बनेपछि गुलाम
अाफ्नाे सामर्थ्य ।
३९७.
जरानै  कट्थे
नसकेर पाे यिनी
लुत्रुक्क परे ।
३९८.
दैवले दिने
पितृले हर्न खाेज्ने
क्या अपराधी  ?
३९९.
हुदैन भलाे
याे अात्मा रूवाउने
शैतानी मन ।
४००.
धेरै पिलाएँ
त्याे साँपलाई दुध
विष अाेकल्याे । 
४०१.
पिता हाे धर्ती 
उठाउँछ त्याे बाेझ
कर्तब्य बाेध ।
४०२.
त्याे हाे नि बाबु 
दायित्व बाेक्छ संधै
मैन झैं पग्लि ।
४०३.
लाेभकाे पाेकाे
बेच्याै स्वभिमान
गनाउने तन्त्र ।
४०४.
साख गुमायाै
सति गयाै बिचरा
हाै हनहन्तकाली
४०५.
देखायाे अाश
साट्याै राजतन्त्र
पर्याै नि हिस्स !
४०
शंकै थिएन
सुन्दर फूल पनि
विषालु हुन्छ ।
४०७.
तीज:
हरितालिका
तीज शुभकामना
ढाेंगी नबनाैं !
       *
महिना दिन
कति खानु त्याे दर
वाक्कै भईयाे !
       *
सभ्य मनाअाैं
बचाउँ है संस्कृति
नक्कल त्यागाैं ।
        *
भयाे भड्किलाे
हरितालिका तीज
जाेगाअाैं मिली !
४०८.
अन्याय सित्तैं
न्याय चैं माग्नु पर्ने 
याे विडम्बना  ।
४०९.
पेट्राेलियम
अत्याबश्यक वस्तु
याे हडताल ।
४१०.
कमी त छैन 
दुई जिब्रकाे यहाँ
बिस्वास छैन ।
४११.
यै भिडमा छ                              
खुराफाति त्याे मान्छे                       
चिनेकाे खाेई ?
४१२.
यै भिडमा छ                                
खुराफाति त्याे मान्छे                         
तानी खसाल्छ ।
४१३
मृत्यु टिकट
जन्मदै हाे लिएकाे
काे सक्छ टार्न ।
४१४.
काे जान्छ अघि 
कस्काे पालाे छ पछि
त्याे थाहा छैन ।
४१५.
काम तिम्लाई
माैका चैं मेरालाई
हाम्रै हाे सत्ता ।
४१६.
तिम्राे गुनासाे
हाम्राकाे पाे सल्लाह
हाम्रा चैं राम्रा ।
४१७.
दुधकाे साक्षी
अरू त काेहि हाेईन
फुस्रे विरालाे ।
४१८.
बन्छन ठालु
हाँसका ति बथान
श्याल ठाकुर ।
४१९.
फरिया स्तुति
पेटकाे छ सवाल
कसरी खानु ?
४२०.
पुच्छर हावी
काेमामा छ टाउकाे 
भाे मनपरी ।
४२१.
भाँडमै जाला
हाई मेराे फरिया
धुपाैरे भिड ।
४२२.
त्याे तर मारा
सिण्डिकेट जाे टुट्ला
डर उस्लाई ।
४२३.
मरेकाे ठानी
जुंगा पाे तान्दैछन
सुतेकाे बाघ ।
४२४.
तान्ने अभ्यास
ती सुकाेमल हात
सम्भव हाेला ?
४२५.
फरिया हाबी
छायाँमा सुरूवाल 
मुजा खुस्कियाे ।
४२६.
लाेभले लाप
लापले भाे बिलाप
हाेस गुमायाै ।
४२७.
ती दुई जिब्रे
माछा छ दुलाँ हात
सर्प छ, हैट !
४२८.
नारी हिम्मत
अकल्पनिय कार्य
याे अात्मबल ।
४२९.
मुसाकाे काम 
लाजै पचाई झ्वाम
हात्तीको दाना ।
४३०.
त्याे डुङ्ग्रे मुसाे
भित्र भित्रै खन्दैछ
घरकाे जग ।
४३१.
बाँधेर घाँस
हाल्नु पर्ने स्वभाव
शकुनि चाल ।
४३२.
कालाे बादल
हुन्छ चाँदीकाे घेरा
जानेमा हेर्न ।
४३३.
जीवन यात्रा 
अाज हाे कि भाेली
 टुंगो हुदैन !
४३४. 
बापति तिमी
देश टुक्राई खाउत !
सिके राउत ।
४३५
ती भातै खाने
बुद्धि छ घाँस खाने
निच ब्यहाेरा ।
४३६
जमरा खेति
संकृति कि विकृति ?
अाजकाे युवा !
४३७. 
जानुछ छाेडी
व्यर्थकाे हाेडबाजी
मिथ्या संसार ।
४३८.
पालाे पर्खदै
गन्तव्यका खातिर
सृष्टि नियम ।
४३९.
के के न गर्छु
कसैलाई गनेन
भ्रममा बाँच्याे ।
४४०.
प्राण पखेरू
विलिन हुन्छ माथि
सम्झना बाँकी ।
४४१.
बाँच्ने रहर
स्वर्ण परिकल्पना
जीवन लीला ।
४४२.
निति फेरियाे
नियत बद्लिएन 
फेरि के काम ? 
४४३.
दशैंमा शान्त
अरू बेला अाक्रान्त
याे काठमाडाैं ।
४४४.
देखिंदा सभ्य
व्यवहार असभ्य
प्रस्तुति भव्य ।
४४५.
भूल सुधार
नठहरिनेकाे "न"
झिकिएकाे छ ।
४४६.
नठहरिने "न"
अाफ्नै विवेकबाट
झिक्छ जनता !
४४७.
जनता भेला
नठहरिनेकाे "न"
झिकिएकाे छ ।
४४८.
के चिन्थ्याे मान्छे
भुक्न त थालिहाल्याे
पंखे कुकुर ।
४४९.
बाल दिमाग
छिराए मन्द विष 
राज्य निदायाे ।
४५०.
खडेरी मन
उजाड ती जमिन
रचना मर्याे ।
४५१.
हाम्राे याे सान
अपराधीकाे मान
मर्याे त न्याय ।
४५२. 
लाउडा लड्याे
सुडान त्यसै सुत्याे
वाईड बडी ??
४५३.
बाघ चिनेन
सम्झ्याे ठूलाे विरालाे
मर्याे कुकुर ।
४५४.
चढेछ भैंसी
बन्ला कि राष्ट्रपति
लक्षण त्यस्तै ।
४५५.
गल्ति सच्याउँ
याे  पाे हाे महानता
के गर्नु दम्भ ?
४५६.
फेर्छ काँचुली
त्याे स्वभाव फेर्दैन
सर्प न पर्याे !
४५७. 
कुर्सीकाे माेह
हुने थिएन अाज
यस्ताे भैदिए ।
४५८.
ब्यवस्था गर
त्याे कुटपिट मन्त्रि
सचिव कुट्न
४५९.
चुप लाग्नुहाेस्
झगडाकाे अाेखति
अचुक हुन्छ ।
४६०.
मृग नयनी
मदहाेस हेराई
सम्हाल्न गाराे ।
४६१.
माघे संक्रांति
के घ्युचाकु, तरूल
ज्वराेले खायाे ।
४६२.
तरूल मेला
घिउचाकु खाएर
जाडाे भगाउ ।
४६३.
माघे संक्रांति
पाैष तरूल पाके 
माघमा जाके ।
४६४.
विश्वास हुन्न
कान/मुख नजाेडी
उडेका कुरा ।
४६५.
त्याे शत्रुसंग 
मजाले म लड्छु 
गाराे भाे राेग ।



Comments

Popular posts from this blog

लघुकथा: 'संस्कार'

लघुकथा: 'महत्त्वाकाङ्क्षा'