लघुकथा : महाजात्रा
लघुकथा : महाजात्रा
✍️ ध्रुवराज थापा 'पुरूष'
(काभ्रे, पनौती । हाल: कपन, काठमाडौँ ।)
"ए हो हो सबैलाई हो !
म्यासेजको जवाफ फर्कियो । "सबैलाई ग्रुपमा सूचना गरिदिनु ।" प्रधानाध्यापकले कक्षा शिक्षकलाई म्यासेजरमाआदेश गर्नुभयो ।
बिदाको टुङ्गो नलागी शिक्षकहरू भरखरैमात्र घर फर्केका थिए ।
घर पुगेका सबै कक्षा शिक्षकले प्रधानाध्यापकले भने अनुसार कक्षागत मेसेन्जरमा भोलि विद्यालय बिदा भनेर सूचनाराखिदिए । प्रदेशको बिदा सम्बन्धि आधिकारिक सूचना पनि त्यसैमा राखियो ।
विद्यार्थी मख्ख, शिक्षक दङ्ग ! भोलिका रसिला योजना बन्न थाले ।
एक घण्टापछि विद्यालयको म्यासेन्जर ग्रुपमा ट्वाङ्ङ नोटिफिकेसन बज्यो । लेखिएको थियो "ए होईन होईन बिदा होईनरहेछ, अरू सबै अफिस बिदा रे ! बिद्यालयमा चाँही बिदा छैन रे ! पढाईहुन्छ भनेर सबै विद्यार्थीलाई खबर गरिदिनु ।प्रमाणका लागि पालिकाको सूचना म्यासेन्जरका भित्तामा टाँसीएको थियो ।
प्रधानाध्यपकको आज्ञाको पालन भयो, सबै कक्षा शिक्षकले फेरि फटाफट म्यसेन्जरमा बिदा नभएको सूचना सम्प्रेषणगरे ।
कुनै प्रदेशले कुनै भाषालाई सरकारी कामकाजको भाषाको मान्यता दिएको सन्दर्भमा प्रदेशमा सार्वजनिक बिदाकोघोषणा गरेको थियो।
सबैका योजना चकनाचुर भए । बिदाको पक्षबिपक्षमा धारणाहरू आउन थाले, शिक्षकमाथि न्यायअन्याय र विभेदकाबहसले सामाजिक सन्जाल मजाले तात्यो ।
केही घण्टापछि फेरि नोटिफिकेसनको टुङ् आवाजले झस्कायो ! पालिकाको संशोधित सूचना पोष्टभएको रहेछ ।सूचनाको पुछारमा लेखिएको थियो, "लौ फरि बिदा हुने भयो है, फेरि सबैले विद्यार्थीलाई खवर गरिदिनु, विद्यालयबिदा छ भनेर !
"उफ् कस्तो कच्चा निर्णय होला घण्टा घण्टामा फेरिने, के गेरेको होला यस्तो !" ग्रुपमा म्यासेज लेखेर हैरान भएकीश्रीमती चर्किइन ।
आफ्नी श्रीमतीको तनाव देखेर श्रीमानले सम्झाउदै भने, "कक्षा शिक्षकज्यू, महाजात्रा भनेको यही हो !"
मिति : २०८१ बैशाख २३
Comments
Post a Comment