लघुकथा : महाजात्रा

लघुकथा : महाजात्रा

✍️ ध्रुवराज थापा 'पुरूष'

(काभ्रेपनौती  हालकपनकाठमाडौँ )


" हो हो सबैलाई हो !

म्यासेजको जवाफ फर्कियो  "सबैलाई ग्रुपमा सूचना गरिदिनु प्रधानाध्यापकले कक्षा शिक्षकलाई म्यासेजरमाआदेश गर्नुभयो 

बिदाको टुङ्गो नलागी शिक्षकहरू भरखरैमात्र घर फर्केका थिए 

घर पुगेका सबै कक्षा शिक्षकले प्रधानाध्यापकले भने अनुसार कक्षागत मेसेन्जरमा भोलि  विद्यालय बिदा भनेर सूचनाराखिदिए  प्रदेशको बिदा सम्बन्धि आधिकारिक सूचना पनि त्यसैमा राखियो 

विद्यार्थी मख्खशिक्षक दङ्ग ! भोलिका रसिला योजना बन्न थाले 

एक घण्टापछि विद्यालयको म्यासेन्जर ग्रुपमा ट्वाङ्ङ  नोटिफिकेसन बज्यो  लेखिएको थियो " होईन होईन बिदा होईनरहेछअरू सबै अफिस बिदा रे ! बिद्यालयमा चाँही बिदा छैन रे ! पढाईहुन्छ भनेर सबै विद्यार्थीलाई खबर गरिदिनु प्रमाणका लागि पालिकाको सूचना म्यासेन्जरका भित्तामा टाँसीएको थियो 

प्रधानाध्यपकको आज्ञाको पालन भयोसबै कक्षा शिक्षकले फेरि फटाफट म्यसेन्जरमा बिदा नभएको सूचना सम्प्रेषणगरे 

कुनै प्रदेशले कुनै भाषालाई सरकारी कामकाजको भाषाको मान्यता दिएको सन्दर्भमा प्रदेशमा सार्वजनिक बिदाकोघोषणा गरेको थियो।

सबैका योजना चकनाचुर भए  बिदाको पक्षबिपक्षमा धारणाहरू आउन थालेशिक्षकमाथि न्यायअन्याय  विभेदकाबहसले सामाजिक सन्जाल मजाले तात्यो 

केही घण्टापछि फेरि नोटिफिकेसनको टुङ् आवाजले झस्कायो ! पालिकाको संशोधित सूचना पोष्टभएको रहेछ सूचनाको पुछारमा लेखिएको थियो, "लौ फरि बिदा हुने भयो हैफेरि सबैले विद्यार्थीलाई खवर गरिदिनुविद्यालयबिदा   भनेर ! 

"उफ् कस्तो कच्चा निर्णय होला घण्टा घण्टामा फेरिनेके गेरेको होला यस्तो !" ग्रुपमा म्यासेज लेखेर हैरान भएकीश्रीमती चर्किइन 

आफ्नी श्रीमतीको तनाव देखेर श्रीमानले   सम्झाउदै भने, "कक्षा शिक्षकज्यूमहाजात्रा भनेको यही हो !"

मिति : २०८१ बैशाख २३


Comments

Popular posts from this blog

लघुकथा: 'संस्कार'

लघुकथा: 'महत्त्वाकाङ्क्षा'