लघुकथा : रहस्य

 लघुकथा : रहस्य

ध्रुवराज थापा 'पुरूष'

(काभ्रेपनौती  हालकपनकाठमाडौँ )

"मैले भनेको कुरा हुदैन ?"

"अहँ हुदैन !"

"एकचोटी गरौँ  के हुन्छ  ?" उसले फेरि कर गर्यो 

घोप्टीएर मोबाईल चलाउँदै गरेकी सुन्दरी नर्सले इन्कारीन "नाई हुँदै त्यसो भनेर कहाँ हुन्छकसैले थाहा पायो भनेमलाई समस्या पर्दैन ?"


नाईट ड्युटीमा एक्लै खटेकी नर्सलाई दिउँसोदेखि नै उनकै कक्षमा गएर  फकाउँदै थियो  यतिवेला सबै बिरामी कुरूवाहरू प्राय निदाई सेकेका थिए 


बिरामी कुरूवा  कसैसँग सम्पर्क गर्न नपाएर पागल जस्तै भएको थियो  त्यसैले कहिले कपासकहिले गज कहिले केसामान माग्ने बहानामा नर्सको छेउमा आशामुखी भएर पुगी रहन्थ्यो 

यस पटक पनि उसले प्रयाश गर्यो, "एक चोटी दिनुभन्दा पनि कस्तो गर्नु भएको हो तपाईँ दिनु  दिनु !  कसैलाईपनि भन्दिन यसपटक पनि नर्सले उसको कुरा मानिनन् 

"कस्ता कस्ता मान्छे पनि आउँछन्नहुने कुरामा जिद्धी गर्छन् !" नर्स भुतभुताइन 


 निराश भएर फर्क्यो  


उसमा हार्ने स्वभाव थिएन   छटपटाई रह्यो ।केहीबेर पछि उसले फेरि एकपल्ट प्रयास गर्यो 

"सिष्टर अहिले यहाँ कोही पनि छैनदिनु   खुसुक्क गरेर गैहाल्छु कसैलाई पत्तै हुँदैन !" उसले फेरि अभिलाषा पोख्यो

"हत्तेरीका तपाईँ  ज्यादै जिद्दीवाल हुनुहुँदो रहेछ आउनुस् यताखुसुक्क गरेर गैहाल्नुस्अनि कसैलाई पनि नभन्नुनि फेरि !" भन्दै नर्सले भित्री कोठामा लगिन  उसलाई वाईफाईको क्यूआर कोड आफ्नो मोबाईलमा देखाईन  भनिन्" छिट्टो स्क्यान गरेर गैहाल्नुस् फेरि अरूले देख्लान् !"

मिति२०८१ बैशाख २९

Comments

Popular posts from this blog

लघुकथा: 'संस्कार'

लघुकथा: 'महत्त्वाकाङ्क्षा'