लघुकथा: 'झड्का'
लघुकथा: 'झड्का'
✍️
ध्रुवराज थापा 'पुरूष'
(काभ्रे, पनौती । हाल: कपन, काठमाडौँ ।)
"जाने हो ?"
म बाटोमा उभिई रहेको थिएँ । उनको त्यो मृदुल आवाजले मलाई झस्कायो । उनको रूपले मोहित भएछु, सहमतिजनाएँ ।
उनी अगिअगि लागिन् म पछिपछि लागेँ । उनले होटलको कोठामा पुर्याईन्। हामी दुबै एउटै बेडमा बस्यौँ । म सम्मोहितकिन भएँ थाहै भएन । सायद उनले अप्सरा भुलाई दिईन ।
उनले भनिन्, "किन लाज मान्नुभएको, शुभकार्यमा किन ढिला ? खोल्नुस न !"
म आज्ञाकारी भएँ ! म उदाङ्गीएँ ।
अनायसै म पनि तरङ्गित भएँ र उनलाईँ भनेँ, "अब तिमी पनि खोल न त !" उनले सहमति जनाईन् र एकैक्षणमाआदेशको पालना गरिन् !
जब मैले उनको निर्वस्त्र शरीर देखेँ तब मेरो शरीका रौं ठाडा भए ! तातेको मेरो उमङ्ग खङ्ररङ्ग भयो ! म बरफ बनेँ ! किनकि मैले उनको शरीर र मेरो शरीरमा कुनै भिन्नता देखिन !
मितिः २०८१/०२/१४

Comments
Post a Comment