लघुकथा: 'लुट'

लघुकथा: 'लुट

✍️ ध्रुवराज थापा 'पुरूष'

(काभ्रेपनौती  हालकपनकाठमाडौँ )


"कतिमात्र घोट्न सक्याहोला ? घोट्दा घोट्दै छाला खुईलेला है ? आखिर जति घोटे पनि तपाईँको सन्तुष्टि पूरा नहुनेभो !" करिष्माले पतिलाई भनिन्  

"तिमीले भनेर हुन्छ ?  मेरो रहर पूरा गरेरै छोड्छु !" भन्दै श्रीमान फेरि घोट्नमै तल्लीन भए ! 

"लौ लौ मन लागुन्जेल गर्नुस् अब  केही भन्दिनउल्टो अलिअलि भएको  पनि झर्छ अनि थाहापाउनु होला !" श्रीमतीका कुरा सुनेर श्रीमानले सम्झाए "झर्दैन के झर्दैनहतार गरेर हुन्छ ! अलि धैर्य गर्नुपर्यो नि ! मेरा साथी अरूलेपनि यसै गर्छन् रे !"

करिष्माले खिस्याउँदै भनिन् "खुबै ! हुने भए यतिका दिनसम्म अलिअलि छाँटा  देखाउनु पर्ने होईन  भन्या ?  कहाँकोनक्कली तेल बोकेर आएको होलाके आउँथ्यो कपालखै मलाई  विश्वास लाग्दैन है ।रातदिन घोटेर हातमात्रदुख्नेभए तपाईँका !" श्रीमतिले शङ्का व्यक्त गरिन 

"त्यस्तो  नहोला सामाजिक सन्जालभरी त्यत्रो प्रचार  यो तेलको ! नेपालमामात्र हो  विदेशमा समेत माग  योतेलको  बेचेर भ्याएका छैनन् "तालु घोट्दै श्रीमानले विश्वास व्यक्त गरे 

"यो सामाजिक सन्जालको दुरूपयोग गरेर मानिसलाई आजभोलि लुट्नु सम्म लुटेका छन् ।हुनै नसक्ने कुरा पनि दुरूस्तैभएजस्तो गरी देखाएर सिधासाधालाई मुर्गा बनाएका छन्  सम्बन्धित निकाय कानमा तेल हालेर बसेको   कानुनकमजोर भएपछि भ्रष्टहरू सलबलाएका छन् श्रीमतीले अविश्वास थपिन् 

"कसरी नपत्यउनु  यो तेलमा छत्तिस थरीका जडिबुटीमा डुबाएर राखेको आफ्नै आँखाले देखिएकै  ! फेरि नामचलेका कलाकारहरूले  मेरो कपाल आयो भनेर टेलिभिजनमा अन्तरवार्ता दिएको  तिमिले पनि देखेकी छ्यौ  !" श्रीमान् आफ्ना कुरामा अडिग रहे 

श्रीमतीले हास्दै ब्यङ्ग प्रहार गरिन्, "त्यो तेलले ति प्रायोजित कलाकार  बिदेश बस्नेकोमात्र कपाल आउँछ क्या ! कुनदिन छापा मारेको खवर आउँछसुन्न तयार भएर बस्नुस् !"

मिति : २०८१ जेठ २५ गते



Comments

Popular posts from this blog

लघुकथा: 'संस्कार'

लघुकथा: 'महत्त्वाकाङ्क्षा'