लघुकथा: 'अस्तित्व'

 लघुकथा: 'अस्तित्व

✍️ ध्रुवराज थापा 'पुरूष'

(काभ्रेपनौती  हालकपनकाठमाडौँ )

"तिमी  भन्दा पछि मरेको पहिले बाँच्यौ तर  तिमीभन्दा धेरै पछि मरेको कहिले बाँच्छुहोला ?"  मरेका  बाँचेकादुईजना कुराकानी गर्दै थिए 


"त्यहि  तिमी समयको पालक थियौ  कुनै समय त्यस्तो थियो तिमीबिना कामकाजै चलाउन गार्हो थियो सहरवासीलाई दैनिक जगाउने  तिमी नै थियौ !" बाँचेकोले भन्यो 


मरेकोले थप्यो, "पहिलेका गै हालेअहिलेकाले मेरो महत्व बुझेनन् ।अहिले पो  वृद्ध भएँजवान छँदा सवै मेरैइसारामा नाच्थे ! बाटो हिँड्दा मेरो सौन्दर्यलाई पुलुक्क फर्केर नहेर्ने कोही थिएन

 "

"हो  समय समयमा समिप बसेर तिम्रो गर्जन सुन्ने बानी परेको आजभोली मेरा कान तिम्रा प्यासी बनेकाछन्तिमीलाई खोजीरहेका छन् बाँचेकोले उसको अभाव दर्शायो  थप्यो, " जिउँदो छँदा मानिसहरूले मलाईहत्याराको समेत लान्छना लगाउन समेत पछि परेनन् तिमिलाई थाहा नै  "

"हो नि त्यस कुराको साक्षि  छु नि ! दिनरात तिमै छेउमा  ठिङ्ग उभिइ रहेको हुन्थेँ  मान्छेहरू आफ्ना विभिन्नव्यक्तिगत व्यथा बोकेर आउँथेझ्वाम्म हामफालेर मर्थेबेकारमा अपजस् तिमीलाई आउँथ्यो 


मृतकले अनुरोध गर्यो, "लौन तिमीलाई जसले ब्यूँतायो उसलाई मलाई पनि पुनर्जिवित गर्न भनिदेउ  !  त्यही आशामाबसेको छु  

यदी  बाचेँभने अझै धेरै वर्ष निरन्तर सेवा दिने थिएँ !" रूँदै घण्टाघरले रानीपोखरीलाई भन्यो 

मिति : २०८१ जेठ 

(लामो समयदेखि बिग्रीएको घण्टाघर  भर्खरै पुनर्जीवन पाएको रानीपोखरीको सम्मानमा)

लघुकथा संसारमा पठाएको


Comments

Popular posts from this blog

लघुकथा: 'संस्कार'

लघुकथा: 'महत्त्वाकाङ्क्षा'