लघुकथा : चेक

 


लघुकथा : चेक

-ध्रुवराज थापा 'पुरूष'

(काभ्रे, पनौती । हाल: कपन, काठमाडौँ ।)


उनलाई मुलढोकाबाट भित्रिएको देख्ने बित्तिकै भागदौड मच्चियो ।

हस्याङफस्याङ चल्यो ! अत्यासा छायो ! कालो बादल मडारीय झैँ भयो !

कोही बाहिर निस्केका आफ्ना साथीभाईलाई छिट्टै फर्किहाल भनेर फोन गर्न थाले । कोही झोलाबाट पोशाक झिकेर अँध्यारो कोठामा गएर फेर्न थाले ।

उनी चाँही सरासर कार्यालय प्रमुखको कार्यकक्षमा पुगेर  सबै कर्मचारीलाई उपस्थित गराउन आदेश गरे । हाकिमले तालुकदार मन्त्रालयका मन्त्रीको आज्ञा शिरोपर गरे ।

एकैछिनमा उपलब्ध सबैलाई उपस्थित गराईयो । बडा हाकिमले हाजिरी रजिष्टर पल्टाउँदै प्रश्न गरे,

बडा हाकिम : तपाईँले पोशाक भत्ता पाउनु भएको छ कि छैन ?

कर्मचारी नं. १ : पाएको छु सर ।

बडा हाकिम : त्यसो भए तपाईँले किन कर्मचारी पोशाक लगाउनु भएन ?

उनले कार्यालय प्रमुखलाई भने, "आज वहाँको गयल जनाईदिनु !"

कर्मचारी नं. १ थरथर काप्दै चुपचाप बसे । बडा हाकिमले कर्मचारी नं. २,३,४ लाई पनि सोही मुद्दामा समाते, सबै मौन बसे । अर्को कर्मचारीको पालो आयो ।

मन्त्रीले कर्मचारी नं. ५ लाई बेस्सरी हपारे, "अनि तपाईँले चाँही किन लगाउनु भएन त कार्यालय पोशाक, कि तपाईँलाई छुट छ ?"

कर्मचारी नं. ५ : जङ्गीएर निडरताकासाथ बोले, "छुट त हजुरलाईलाई छ नि ! छड्के गर्न आउने कर्माचारी न तपाईँको कर्मचारी पोशाक छ, न परिचयपत्र नै झुण्ड्याउनु भएको छ ! आफ्नो आङ्को भैँसी नदेख्ने अर्काको आङको चाँही जुम्रा पनि देख्ने ?"

मिति : २०८१/०२/०६

Comments

Popular posts from this blog

लघुकथा: 'संस्कार'

लघुकथा: 'महत्त्वाकाङ्क्षा'