लघुकथा : प्रेमपत्र

लघुकथा : प्रेमपत्र

✍️ ध्रुवराज थापा 'पुरूष'

(काभ्रेपनौतीहालः कपनकाठमाडौँ)


उनको प्रेमपत्रको ब्यहोरा यस प्रकार थियो-

मेरो मालिक मेरो राजाअटुट प्रेम अनि दिनैपिच्छेको सम्झना !'

'ति दिन सम्झदा अहिले पनि रोमान्चित हुन्छुभावनाको पोखरीमा चुर्लुम्म डुब्छु  हजुर बिनाको    बिनाको हजुरहामी कल्पना पनि गर्न सक्दैन थियौँ  हाम्रो चखेवा चखेवीको जस्तै जोडी थियो '


उनले पत्रमा भावुक हुदै थिपन्

'हामी नपुगेको कुनै पार्क छैन होला  मठमन्दिर जान पनि मैले हजुरलाई साथ दिएकै थिएँ  हजुरले मलाई कति मायागर्नुहुन्थ्योति ममताभरी हातले कति सुम्सुमाउनु हुन्थ्यो ! उफ्  कल्पना पनि गर्न सक्दिन ! मेरो स्वास्थ खराब नहोस्भनेर नियमित जाँच पनि गराउनु हुन्थ्यो   बिरामी पर्दाडाक्टरकोमा लगेर मेरा लागि कति खर्च गर्नुहुन्थ्यो !  बिर्सनैसक्दिन !'


उनी रोमान्चित हुदै अगाडी लेखिन्-

' सुन्दरी भएको हजुरलाई हेर्ने कति रहर थियो हगी ?  फोहोरी भएँ भनेर नुहाउन घर बाहिर बाहिर लिएर जानुहुन्थ्यो कुनैदिन हजुर आफैँले घरमै साबुन दलेर मिचीमिची नुहाईदिएको मिठो स्मरण ताजै  ! श्रृङ्गार गृहमा लगेर सिङ्गारेरल्याएको झल्झल्ती सम्झना आईरहेको  


उनी मुटु गरूङ्गो पारेर अगाडि लेख्छिन्-

अहिले हजुरको स्तर बढ्दै गयो  पुरानी भएँ , हजुरलाई नयाँ नयाँ चाहीयो प्रति हजुरको मन गयो  उसको प्रेममापर्नुभयो  घरमा पनि लिएर आउनु भयो   चुपचाप हेरेर बसेँसहेर बसेँ  


अन्तमा मुटु अमिलो पार्दै उनी लेख्छिन-

आजभोली मलाई एउटा कुनामा थन्क्याएर जहाँ जादा पनि उसैलाईमात्र लिएर जानुहुन्छ  उसले मेरो स्थान ओगटेकी  तर महिनामा / दिन मेरो मन राखिदिन भए पनि आउनुहुन्छ  त्यो पनि आफ्नै स्वार्थले !  बिग्रन्छु भनेर ! ठिकै  हजुरको जो मर्जी ! तर  अझै पनि हजुरलाई सेवा दिन सधैँ तयार छु ! 

 सोच्छु मैले त्यस्तो के अपराध गरेको थिएँ  ? मेरो विकल्प खोज्नुभयो ?

मेरो कमजोरी मात्र यही थियो कि  उनी जस्तै चारपाङ्ग्रे भईन 

उहि तपाईँ की प्यारी पुरानी

'स्कुटी'

मिति२०८१ असार २४


Comments

Popular posts from this blog

लघुकथा: 'संस्कार'

लघुकथा: 'महत्त्वाकाङ्क्षा'