लघुकथा : मिथ्याभास
✍️ ध्रुवराज थापा 'पुरूष'
(काभ्रे, पनौती । हाल: कपन, काठमाडौँ ।)
पुराण वाचन गर्दै गरेका पण्डित बा झसङ्ग हुनभयो, उहाँको बोली टक्क अड्कियो !
आफ्नै पुराण सुन्न अगाडी ठिङ्ग उभिएको मान्छे देखेपछि नआत्तिने कुरै भएन !
गरूड पुराण सुन्न बसेका अरू पनि एक्कासी झस्किए ! अक्क न बक्क परे ! डरले कसैका मुख रातापिरा भए, कसैकाचिट्चिट् पसिना छुटे !
एकजनाले सँगै बसेकालाई भने, "जाउँ यहाँ नबसौँ ! होईन यो के देख्नु परेको ?" उसले आशङ्का व्यक्त गर्दै साउति मैभन्यो ।
पुराण स्थलमा प्रवेश गरेको आगन्तुकलाई देखेर एक आपसमा खासखुस चल्यो । एकैछिनमा त्यहा सन्नाटा छायो ।सबैको ध्यान उतै खिचिएको थियो ।
यत्तिकैमा मृतककी श्रीमतीले ती नव आगन्तुकलाई बस्नको लागि अनुरोध गरिन् । उनी पनि पुराण सुन्न बसे ।
धेरैले लामो सास ताने । सबैको आत्मबल बढ्यो । पण्डित बाले पुराण सुचारू गर्नुभयो । मानिसको ध्यान पुराणतिरभन्दा उतै बढी थियो ।
मृतककी श्रीमती नव आगन्तुकलाई देखेपछि झनै भाव विह्वलहुँदै सुँक्कसुँक्क गर्दै थिईन ।
मृतकले करिब २० वर्षदेखि आफ्नो जन्मथलो छोडेर त्यस ठाउँलाई कर्मथलो बाएका थिए ।
नव आगन्तुक त्यस ठाउँमा अपरिचित थिए ।
पुराण सकिएपछि मृतक कि छोरी नव आगन्तुकको छेवैमा आईन् र भनिन्, "ठूलोबाबाको उपस्थितिले अघि यहाँकोमाहोल स्तब्ध भयो नि ! मेरो बाबा र हजुरलाई कसैले छुट्याउनै सकेनन् !"
मिति :२०८१ असार १८
Comments
Post a Comment