लघुकथा: 'अशान्ति'

 

 लघुकथा: 'अशान्ति

न्यू सृष्टि दैनिकमा असोज ७मा प्रकाशित

✍️ ध्रुवराज थापा 'पुरूष'

(काभ्रेपनौतीटौखाल।हालकपन,काठमाडौँ।)


"निकै ठूलो चर्काचर्की पो सुनिन्छ  ! हैन के को रडाको मच्चिएछमाथ्लो घरमा ?" सन्जयले आफ्नी श्रीमतीलाई सोधे 

करूणाले पनि आश्चर्य व्यक्त गरिन, "खै के भाको हो ? बुढाबुढीको खासै मिल्ती छैन तिनीहरूको पनि ! हरिबाबुतपाईँकै साथी हो क्यारे ! जानुस्  एकपटक बुझेर आउनुस् करूणाले श्रीमानलाई भनिन् 

"दुबै आगो आगो ! एउटा आगो अर्को पानी भए पो हुन्छ !  हुन्छ के भको रहेछ  बुझेर आउँछु नि  !" भन्दै  सन्जयमाथ्लो घर तिर लागे  

" मुद्दा हाल्छु ! पुलिस कारबाही गराउँछु ! त्यतिकै छोड्छु भन्या होला !"भन्दै हरिकी श्रीमती चिच्याउँदै थिईन् 

सन्जयले घर बाहिरको डिलमा उभिएर केही बेर उनीहरूका कुरा सुनेबुझे अनि फरक्क फर्किएर आफ्नो घरतिर लागे 

"के कुरा बुझेर आउनु भयो  के रहेछ अशान्तिको कारणथाहा पाउनुभयो ?" करूणाले आफ्ना पति सन्जयलाईसोधिन् 

सन्जयले उत्तर फर्काए, "हरिले शान्ति ल्याएछत्यही भएर अशान्ति भएको रहेछ !"

रचनाकाल२०८१ आश्विन 

Comments

Popular posts from this blog

लघुकथा: 'संस्कार'

लघुकथा: 'महत्त्वाकाङ्क्षा'