लघुकथा: 'लज्जाबोध'

 लघुकथा: 'लज्जाबोध

✍️ ध्रुवराज थापा 'पुरूष'

(काभ्रेपनौतीटौखाल।हालकपन,काठमाडौँ।)


"आप लोग इन्डियन है क्या ?" समूहमा सबैले आपसमा कनिकुथी हिन्दी बोलेको देखेर नजिकै रहेका भारतीयअवलोकन टोलीका एक व्यक्तिले प्रश्न गरे 

नेपाली टोलीका एक जनाले तत्काल उत्तर दिएँ, "नहीँ नहीँ हम लोग नेपाली हैँ !"

बिदेशको ठाउँ नेपालीहरू साथीसाथीबिच खुबै चम्किदै टुटेफुटेका हिन्दी शब्द निकालेर रमाउँदै थिए   प्रश्नकर्ताआफ्नो समूहमा हिन्दी बाहेकको आफ्नै मातृभाषामा कुरा गर्दै थिए  

घुमघामको यात्रा थियो  नेपाली टोली भारतको राजस्थान स्थित  शान्तिको कृषिफर्म 'तपोबनअवलोकन गर्दैथियो। त्यहाँ भारत कै आन्तरिक पर्यटकहरू पनि पर्याप्त देखिन्थे 

नेपालीको उत्तर सुनेर ति महाराष्ट्र निवासी मराठीले सोधे " आपलोग नेपाली हैँ ? क्या आपकी अपनी कोई भाषा नहींहै ? आपलोग सब हिन्दी बोलरहे हो !" उनले अचम्म मान्दै सोधे 

समूहका अर्का एक नेपालीले अप्ठेरोमान्दै भने "हमारा भि अपना भाषा है ! हमारा भाषा नेपाली है !" 

"तब क्यूँ आपलोग आपसमे हिन्दी बोल रहे हो ?"  मराठीले कौतुहलता पोखे 

सबैले लज्जाबोधकासाथ टाउको निहुराए 

रचनाकाल :२०८१ आश्विन  

Comments

Popular posts from this blog

लघुकथा: 'संस्कार'

लघुकथा: 'महत्त्वाकाङ्क्षा'