लघुकथा: 'लज्जाबोध'
लघुकथा: 'लज्जाबोध'
✍️ ध्रुवराज थापा 'पुरूष'
(काभ्रे, पनौती, टौखाल।हाल: कपन,काठमाडौँ।)
"आप लोग इन्डियन है क्या ?" समूहमा सबैले आपसमा कनिकुथी हिन्दी बोलेको देखेर नजिकै रहेका भारतीयअवलोकन टोलीका एक व्यक्तिले प्रश्न गरे ।
नेपाली टोलीका एक जनाले तत्काल उत्तर दिएँ, "नहीँ नहीँ हम लोग नेपाली हैँ !"
बिदेशको ठाउँ नेपालीहरू साथीसाथीबिच खुबै चम्किदै टुटेफुटेका हिन्दी शब्द निकालेर रमाउँदै थिए । प्रश्नकर्ताआफ्नो समूहमा हिन्दी बाहेकको आफ्नै मातृभाषामा कुरा गर्दै थिए ।
घुमघामको यात्रा थियो । नेपाली टोली भारतको राजस्थान स्थित ॐ शान्तिको कृषिफर्म 'तपोबन' अवलोकन गर्दैथियो। त्यहाँ भारत कै आन्तरिक पर्यटकहरू पनि पर्याप्त देखिन्थे ।
नेपालीको उत्तर सुनेर ति महाराष्ट्र निवासी मराठीले सोधे "ओ आपलोग नेपाली हैँ ? क्या आपकी अपनी कोई भाषा नहींहै ? आपलोग सब हिन्दी बोलरहे हो !" उनले अचम्म मान्दै सोधे ।
समूहका अर्का एक नेपालीले अप्ठेरोमान्दै भने "हमारा भि अपना भाषा है ! हमारा भाषा नेपाली है !"
"तब क्यूँ आपलोग आपसमे हिन्दी बोल रहे हो ?" मराठीले कौतुहलता पोखे ।
सबैले लज्जाबोधकासाथ टाउको निहुराए ।
रचनाकाल :२०८१ आश्विन ४
Comments
Post a Comment