लघुकथा: 'उच्च सम्मान'


 लघुकथा: 'उच्च सम्मान

✍️ ध्रुवराज थापा 'पुरूष'

(काभ्रेपनौतीटौखाल।हालकपन,काठमाडौँ।)

"भाइ साहाब हम आपके साथ एकफोटो ले सकते हैँ ?" शैक्षिक सम्मेलनमा सहभागी एक भारतीय शिक्षकले मलाईअनुरोध गरे 

"अरे भाई क्योँ नहीँआइए  लिजीए !" भारतको  राजस्थानस्थित शान्तिवनमा आयोजित शैक्षिक सम्मेलनमासहभागीता जनाउन पुगेको मैले सहजै स्वीकारोक्ति जनाएँ 


उनले मसंग टाँसीएर फोटो खिचे  उनका समूहका साथीहरूले पनि मसंग उत्साहकासाथ फोटो खिचाए  ग्रुप फोटोपनि प्रसस्तै खिचे  उनीहरू मसंग फोटो खिचाउन पाउँदा दङ्ग थिए   पनि फुरूङ्ग परेँ 

विहानीको नास्ताको समयमा खाली समयको सदुपयोग गर्दै सम्मेलनमा सहभागी भारतीयहरूको अरू धेरै समूहले मेरोसाथमा त्यस्तै सद्भाव प्रकट गरे  पर्याप्त फोटो खिचे  महिलाहरूले पनि त्यसै गरे  मिलाई मिलाई फोटो खिचाए ! देख्नेहरूलाई लाग्थ्यो होला  ठूलै सेलिब्रेटी हुँ !

भिडले उत्साहपूर्वक यो दृष्य नियालीरहेको थियो   भने गर्वले दङ्ग थिएँ  

मेरो महत्व बढेको देखेर फोटो सेसनको समयपछि सम्मेलनमा सहभागी हुन आएका अर्का एक नेपाली साथीले मलाईजिज्ञासा राख्नुभयो, "आज हाम्रा छिमेकी मित्रहरूले तपाईँको निकै सम्मान गरे ! खै हामीसँग  त्यस्तो गरेनन् !"

मैले उत्तर दिएँ, "उनीहरूले मलाई सम्मान गरेका हैनन्  कुनै चर्चित मान्छे हुँ  मैले उनीहरूलाई चिनेको छु !"

"त्यसो भए त्यत्रो सम्मान के को लागि थियो  ?" साथिले सोधे  मैले प्रतिउत्तर दिएँ "मेरो शिरमा सगरमाथा समानकोढाका टोपी सजिएको  नि  !"

२०८१आश्विन 



Comments

Popular posts from this blog

लघुकथा: 'संस्कार'

लघुकथा: 'महत्त्वाकाङ्क्षा'