लघुकथा: 'सङ्कीर्ण'
लघुकथा: 'सङ्कीर्ण'
(काभ्रे, पनौती । हाल: कपन, काठमाडौँ ।)
"आमा त्यो मान्छे किन हामीलाई देखेर भुतभुताउँदै फरक्क फर्केर गएको ?" छोरीले अचम्म मानेर सोधिन ।
"हामीले उसको बाटो काट्यौँ रे छोरी ! त्यही भएर हामीलाई गाली गर्दै हिँडेको ।" आमाले जबाफ दिईन् ।
आमाले छोरीलाई बुझाउने प्रयत्न गरिन्, "उस्को मात्र हैन नि, सबैको सझा हो ।"
यत्तिकैका आमाले छोरीलाई मसिनो स्वरमा भनिन् , "ए चुप लाग ऊ तीनजना मानिस आउँदैछन्, बरू हामी खुरूक्क बाटो पारी गैहालौँ खानेकुरा उता पाईन्छ कि ?" यति भन्दै पर्खालबाट हाम फालेर तल ओर्लिए अनि पारी गए । छोरी आमाको पछि लागिन् ।
"धत्तेरिका कालो बिरालोले एकाविहानै बाटो काट्यो !" भन्दै युवति टक्क रोकिईन् र फर्कन खोजिन् ।सँगै हिँडेका अर्का व्यक्तिले पनि त्यसै गरे ।
तेस्रो व्यक्तिले उनीहरूलाई सम्झाउँदै भने, "अहिलेको समयमा पनि त्यस्तो सङ्कुचित कुरा गर्ने ? केही हुदैन हिड्नुहोस्, उस्ले चाँही आफ्नो बाटो हिड्न नपाओस् त !" साथीहरूले त्यसोभए उसैलाई अघि लाग्न भने ।
"ल आउनुस मेरो पछि पछि, केही भए मलाई हुन्छ, तपाईँहरूलाई केही हुँदैन ।" भन्दै ऊ अघि लाग्यो, अरू पछिलागे ।
यो दृश्य कुनाबाट च्याईँ रहेकी सानी छोरीले फेरि आमासँग बालसुलभ जिज्ञासा राखिन्, "आमा किन हामीले उनीहरू हिँड्ने बाटो काट्नु हुदैन ? त्यो एजना दाई अगाडि हिँडेपछि सबै गए कसैलाई केही भएन त ! मलाई त त्यो दाईमात्र मान्छे वस्तो लाग्यो !"
"हो नि ! हामी कालो बिरालोले बाटो काट्यो भने उनीहरूलाई दशा लाग्छ रे ! उनीहरूले कतिपटक हाम्रो बाटो काटेका छन्, खै हामी केही भन्दैनौँ ?,
मिति: २०८१ जेठ ३
Comments
Post a Comment