लघुकथा : सोच

 लघुकथा : सोच

✍️ ध्रुवराज थापा 'पुरूष'
(काभ्रे, पनौती, हालः कपन, काठमाडौँ)
अपरिचित एक अनुहार गाउँमा छिर्यो !
गाउँवासी सशङ्कित भयो । अपरिचितले प्रश्न तेर्स्यायो, "सुवासको घर कुन हो ?"
गाउँवासीले जिज्ञासा राखे, "को सुवास भन्नुभयो कुन्नी ? हामी पनि यो गाउँमा धेरै पुराना होईनौँ ! दुईचार वर्षमात्र भयो वसाईँ सरेर आएका !"
अपरिचितले उनको कौतुहल मेटाउन खोजे, "खै को भन्नु तपाईँलाई, सुवास र हामी विदेशमा सँगै बस्छौँ ।"
गाउँवासीले फुर्ति लगाए, "त्यस्ता विदेश वस्ने त कत्ति छन् कति ? घरैपिच्छे विदेशमा छन् यो गाउँमा ! कसरी चिन्नु ? उनको वाउआमाको नाम तपाईँलाई थाहा छैन ?"
अपरिचितले सम्झाए, " सुवासले मेरो नाम लिनु सबैले चिन्छन् भन्थ्यो, अहिले उसको बुबा धेरै विरामी हुनुहुन्छ रे ! उसले उपचारको लागि अलिकति पैसा पठाएको थियो !
गाउँवासीले अड्कल काटे, "ए ! त्यही अमेरिकामा ट्वाईलेट पुछ्ने सुवासेको घर पो सोध्नु भएको रहेछ ! ऊ sss त्यही हो उसको घर !" उनले आैँल्याए ।
अपरिचितले खिन्न हुदै जवाफ फर्काए, "तपाईँलाई धन्यवाद, तपाईँले मेरो आँखा खोलिदिनुभयो । मलाई मेरो पहिचान पनि थाहा भयो अनि समाजको सोच पनि !"
रचनाकाल: २०८१/०४/१५

Comments

Popular posts from this blog

लघुकथा: 'संस्कार'

लघुकथा: 'महत्त्वाकाङ्क्षा'