लघुकथा : अन्योल

 लघुकथा : अन्योल

✍️ ध्रुवराज थापा 'पुरूष'
(काभ्रे, पनौती । हाल: कपन, काठमाडौँ ।)
"यमराजको दरबारमा कसैलाई अन्याय हुदैन, उनलाई जहाँबाट ल्याएको हो त्यहीँ लगेर छोडी देऊ !"
यमराजले आफ्ना दूतलाई कड्केर निर्देशन दिए ।
महिला रूँदै बिन्ति गर्न लागिन्, "महाराज मैले अघि नै भनेकी थिएँ म मरेकी छैन, मलाई नलैजाउ भनेर ! तर यिनले मेरो कुरै सुनेनन् ।"
यमदूतले डराउदै भने, "महाराज नेपाल मण्डलको प्रहरीले यिनैको नाउँ पठायो, त्यही भएर उनैलाई यहाँ ल्याएको हुँ महाराज !"
यमराजले ध्यानदृष्टिले हेरे, अनि आदेश गरे, "जाउ यिनलाई ससम्मान फर्काउ ! त्यस दुर्घटनामा अर्कै एक पुरूषको मृत्यु भएको छ, उसैलाई लिएर आउ !"
यमदुतले आज्ञा पालन गरे । महिलालाई लिएर तत्कालै अन्तर्ध्यान भए ।
उता प्रहरीले स्कुटर दुर्घटनामा मृत्यु हुनेको विवरण सच्याई पुरूषको नाम राखि सकेको थियो ।
रचानाकल: २०८१ श्रावण ३२

Comments

Popular posts from this blog

लघुकथा: 'संस्कार'

लघुकथा: 'महत्त्वाकाङ्क्षा'