लघुकथा: ठण्डाराम

 लघुकथा: ठण्डाराम

✍️ ध्रुवराज थापा 'पुरूष'
(काभ्रे, पनौती, टौखाल।हाल: कपन,काठमाडौँ।)
"हम् खाया बम्बै दिल्ली, हमको खाया घरका बिल्ली ?"
श्रीमानको एक्लै भुतभुताई सुनेर कोठामा पस्दै सोधिन् "हैन के भयो ? कसलाई के भन्नुभएको ?
"आजकाल सामाजिक सन्जालमा ठगहरूको अत्यधिक बिगबिगी छ सचेत भईनौ भने तिमी पनि फस्लिउ है होस् गर !" जवाफ फर्कियो ।
"हैन भयो चाँही पहिला त्यो भन्नु नि !" श्रीमतीको कौतुहलता बढ्यो ।
श्रीमानले म्यासेन्जरको स्क्रिनसर्ट देखाउँदै भने "हेरन मेरो साथि प्रमेशले मेरो मोबाईल बैंङ्किङ्मा समस्या आयो, ५० हजार क्यूआर गरिदिनु म भोलि नै फिर्ता गर्दिन्छु भनेर म्यासेज गरेको रहेछ !"
"बिचरा उहाँ त तपाईँको मिल्ने साथि हैन र भन्या ? कहिलेकाँही 'जहाँ गह्रो त्यहाँ साह्रो' पर्छ, पठाईदिए भैहाल्छनि भोलि नै दिन्छु भनेकै छ क्या रे !
श्रीमान रन्किए "मैले भनिहालेँ नि हो यसरी नै फस्छन् मान्छेहरू ! कुरोसुरो बुझ्नु छैन, त्यसै प्वाक्क बोलेको छ !"
"खास कुरा के हो भनिहाल्नु नि त ! मैले त तपाईँकै नजिकको मित्र भएर पो भनेको त !" श्रीमती पनि तातिन ।
"मलाई शंका लागेर प्रमेशलाई फोन गरेर सोधेँ । उसले आफ्नो फेसबुक आईडी ह्याक भएको र अरू २/४ जना साथी ठगिइ सकेको कुरा सुनायो ।"
श्रीमती आश्चर्यचकित परिन् "ओहो !"
"यदि मैले जाँचबुझ नगरी साथीलाई समस्या परेछ भनेर पैसो पठाएको भए के हुन्थ्यो ?" श्रीमानले श्रीमतीलाई सोधे ।
श्रमतीको उत्तर फर्कियो, "ठण्डाराम !"
२०८१ कार्तिक २०

Comments

Popular posts from this blog

लघुकथा: 'संस्कार'

लघुकथा: 'महत्त्वाकाङ्क्षा'